रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १७:५६:५४
६ मंसिर, रुस। रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ। युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्रलाई लक्षित गरी आक्रमणमा विभिन्न प्रकारका मिसाइलहरू प्रयोग गरिएको बताएको छ ।
युक्रेनमा रुसले इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलमार्फत युक्रेनमा आक्रमण गरेको यो पहिलो पटक हो । यी क्षेप्यास्त्रहरू हजारौं किलोमिटर टाढा जान सक्षम छन् ।
तर, रुसले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । युक्रेनको सेनाले आक्रमणको क्रममा छ वटा केएच-१०१ क्रुज मिसाइलहरू खसालेको बताएको छ ।
केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रुसमाथि आक्रमण गर्न पठाएको लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । युक्रेनले पनि यसै साता रुसमाथि यी मिसाइलहरू आक्रमण गरेको बताइएको छ । त्यसपछि रुसले यो हमला गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार