नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १८:३०:५९
६ मंसिर, काठमाडौं। अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ । अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि(ट्रायल च्याम्बरका तीन न्यायाधीशहरूले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन् । अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए ।
यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशहरूमा यात्रा गरेमा पक्राउ पर्ने छन् । त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी 'जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ' ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ । इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन ।
अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेपनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार