१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार ८:२८:२१
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको भाउ १३ पैसाले बढेको छ । शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । बिहिबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसामा यसको खरिदबिक्र भएको थियो ।
शुक्रबार युरोपियन युरो ११ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०४ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको छ । बिहिबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ १५ पैसा बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको थियो ।
शुक्रबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०६ पैसाले बढेको हो । यसअघि बिहिबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ३७ पैसाले बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०७ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ २१ पैसा र बिक्रीदर ३० रूपैयाँ ३५ पैसा कायम गरेको छ ।
यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ र बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार