चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १३:१०:३७
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चीन प्रतिबद्धता जनाएको अनुदान रकमको कार्यान्वयनमै समस्या आइरहेका बेला थप ऋणको कुरा अगाडि बढाउन नसकिने जनाएको छ । काठमाडौंमा आयोजना गरिएको देशको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे राखिएको छलफल पछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईमा ऋण सम्झौता गर्न कांग्रेस तयार नभएको बताए ।
बीआरआईबारे कांग्रेसको धारणा प्रष्ट रहेको दोधारे नीति नभएकाले बीआरआईमा ऋण लिन हुँदैन भनेको उनले बताए । हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं । चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान कांग्रेस तयार छैन्, उनले भने ।
महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुनेमा कांग्रेसको जोड रहेका बताए । अहिले बीआरआई परियोजनमा ऋण लिने कि नलिने भन्ने विषयमा सत्ता सहयात्री दल कांग्रेस र एमालेबीच नोकझोक चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार