क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १३:३४:६
७ मंसिर, स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही १÷१ लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ । फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट ७ बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक—एक लाख नदग, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक÷एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
पुतलीबजार नगरपालिकाका ३ महिला खेलाडी आईसीसी महिला यू १९ विश्वकपमा पु¥याउन सफल भएको भन्दै उनीहरुको मनोवल अझै उच्च बनाउन टेवा पुग्ने उदेश्यले आफ्नो स्थापनाको दिवसमा नगद सहित प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ । पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी. र कुसुम गोदारसहित स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि फाउण्डेसनले सम्मान गरेको छ । विश्वकपमा सहभागी हुन पाउने खेलाडी मध्ये स्याङ्जाका ३ जना रहेका छन् ।
सम्मान गर्दै सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरूलाई हौसला र उर्जा बढाउनुपर्नेमा जोड दिए । खेलाडीहरु जिल्लाका मात्र नभई राष्ट्रका गहना भएको बताउदै सांसद थापाले सरकारले खेलाडीहरुको उच्च मनोबल बढ्नेगरी काम गर्नुपर्नेमा जोड दिए । फाउण्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगार लगायतका बिषयमा महत्वपुर्ण भुमिका खेलेको चर्चा सांसद थापाले गरेका थिए ।
शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा फाउण्डेसनले सहयोग गर्दै आएको छ । स्थापना देखी जिल्लाका विभिन्न क्षेत्रमा फाउण्डेसनले सामाजिक उत्तरदायीत्व अनुसारको काम गर्दै आएको छ ।
फाउण्डेसनले आयोजना गरेको बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारी, फाउण्डेसनका संरक्षक खुमाप्रसाद अर्याल, डा.लुना अर्याल, गण्डकी मेडिकल कलेजका सिइओ डा.रविन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, स्थानीय श्यामप्रसाद अर्याल लगायतका बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । शिविरमा ४५ जनाले रक्तदान गरेको र झण्डै ७ सय बिरामी लाभान्वित भएका थिए । फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव ध्रुव शर्माले संचालन गरेका थिए ।
यसैबिच विश्वकपमा छनौट भएका स्याङ्जाका ३ महिला खेलाडीलाई पुतलीबजार नगरपालिकाले समेत नगद सहित सम्मान गर्ने भएको छ । नगरपालिकाको १६ औं नगरसभामा ३३ हजार ३३३ रुपैया नगद सहित ३ जना खेलाडीलाई सम्मान गरिने नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
कर्नाटकालाई ७ विकेटले पराजित गर्दै नेपाली यू-१९ क्रिकेट टिमले जित्यो सिरिज
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार