पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १४:१:३०
७ मंसिर, काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।
अफगानिस्तान सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए । लामो समय देखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरू बिच झडप भईरहेको छ ।
एक वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदले “कुर्रममा भएको हमलाको पुष्टि गरे । उनका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् भने आक्रमणमा १६ जना घाइते भएका छन् ।
एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने सर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण“ भएको बताए ।
माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताए ।
हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग 'एचआरसीपी' ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ । यसै गरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार