एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १५:३७:४४
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जगारण सभालाई सम्बोधन गर्दै अहिले एमाले र कांग्रेस प्रतिष्पर्धी दल भएपनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि प्रतिष्पर्धा भन्दा एकतालाई महत्व दिदै एक भएको बताएका छन् ।
ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । उनले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको दाबी गरे । एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन । सरकारलाई कसैले हल्लाउन सक्दैन । यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो, उनले भने ।
उनले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताए । ’एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ । त्यसैले हामी मिलेका छौ । नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार