कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १६:२५:५५
७ मंसिर, काठमाडौं । विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोलि शनिबार बयानका लागि काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार उनलाई शनिबार साँझ जहाज मार्फत काठमाडौं ल्याइनेछ ।
भोलि विदा परेकाले साँझपख मात्र रविलाई काठमाडौं ल्याउन लागिएको हो । आइतबारबाट उनको बयान सुरु हुनेछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनी पनि जोडिएका छन् । चितवनमा पनि रवि विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बयानका लागि काठमाडौं ल्याइएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान सकेर कास्की पठाइएको छ ।
जोशीलाई मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई शुक्रबार पोखरा फिर्ता गरिएको हो । प्रहरीका अनुसार जोशीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुर्याइएको थियो ।
अहिले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पुर्जी जारी भएपछि पोखराबाट रविलाई काठमाडौं ल्याउन लागिएको हो । यसै प्रकरण कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो । ६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु गरेको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । चितवनको साहारा चितवन सहकारीमा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार