उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १७:२५:२२
७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनलाई लक्षित गर्दै पार्टीका तल्ला निकायहरुमा सर्कुलर पठाएको छ । नेकपा एमालेसँग मिलेर प्रतिस्पर्धा गर्न र गालीगलौज नगर्न निर्देशन दिइएको छ । सर्कुलर मार्फत कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन भनेको छ ।
केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजक रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गरेका हुन् । उपनिर्वाचन हुने स्थानीय तहका समिति, जिल्ला र प्रदेश कार्यसमितिहरूको नाममा बुधबार १५ बुँदे सर्कुलर जारी भएको हो । कांग्रेसले बुधबार सबै तहमा सर्कुलर पठाएको जानकारी दिएको छ । स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई उक्त सर्कुलर पठाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सर्कुलर मार्फत कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनाव केन्द्रित अभियान बाहेक अन्य कार्यक्रम मंसिर १६ गते अघि नगर्न पनि निर्देशन जारी गरेको छ । यस्तै मत प्रभावित गर्न सक्ने व्यक्तिहरूलाई जुनसुकै अवस्थामा रहे पनि आफ्नो स्थानीय तहमा पुगेर समय दिनैपर्ने उल्लेख गरेको छ । उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन समन्वय संयोजन समितिले ६ वटा मुद्दा र प्रतिबद्धता तय गरेर रूख चिह्नमा मत माग्ने निर्णय गरेको थियो । उक्त निर्णयसहित स्थानीय तहमा गरिएको परिपत्र अनुसार पहिलो नम्बरमा लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित मत माग्न निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार