पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १७:४०:२७
७ मंसिर, काठमाडौं । यस बर्षको बहुप्रतिक्षित बलिउड फिल्म पुष्पा-२ डिसेम्बर ५ मा रिलिज हुँदै छ । गत आइतबार पुष्पा-२ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।
पुष्पा २ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा परेको छ । यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसहरूले हेरेका छन् भने अहिलेसम्म १५ करोड भन्दा बढीले हेरेका छन् ।
‘पुष्पा २’ को ट्रेलरले युट्युबमा दर्शकको सङ्ख्यामा सोचेभन्दा बढी दर्शक पाएको छ । ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्युज पाएको छ । तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाहरूले पनि राम्रो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको छ ।
तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ । कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ । यसरी ट्रेलरले भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ ।
यस अघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६।५ मिलियनले हेरेका थिए ।
अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ । यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो । यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार