अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १७:५१:५०
७ मंसिर, काठमाडौं । भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट पहिलो दिनमा रोमाञ्चक बनेको छ ।अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएपछि आफ्नो ब्याटिंग शुरु गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ६७ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया ८३ रनले पछाडी रहेको छ ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले ११ र डेभ्यु खेल खेलिरहेका नाथन म्याकस्वीनीले १० रन बनाएका थिए । त्यस्तै यस खेलमा स्टिभ स्मिथ गोल्डेन डक भएका थिए । अस्ट्रेलियाका लागि एलेक्स केरी १९ रन बनाएर खेलिरहेका छन् भने मिचेल स्टार्क ६ रन बनाएर खेलिरहेका छन् ।
अस्ट्रेलियाको शिर्ष ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा कप्तान जसप्रित बुमराहले ४ विकेट लिएका थिए भने मोहमद सिराजले २ तथा हर्षित रानाले एक विकेट लिएका थिए ।
यस अघि भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए ।
त्यस्तै भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए ।
यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार