लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार १८:५५:३६
७ मंसिर, काठमाडौं । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठन 'डब्लुएचओ' ले शुक्रबार जनाएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच १३ महिनाभन्दा बढी समयदेखि जारी सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा १८७ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
लेबनानस्थित डब्लुएचओका प्रतिनिधि अब्दिनासिर अबुबकरले बेरुतबाट भिडियो लिङ्कमार्फत भनेका छन्, “सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ सम्ममा २२६ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १९९ जना घाइते भएका छन् ।”
तीमध्ये करिब ७० प्रतिशत यो बर्षको सेप्टेम्बरमा युद्ध थप तनावपूर्ण रूपमा परिणत भएपछि भएको उनले बताए ।
उनले भने, “यो अत्यन्तै चिन्ताजनक प्रवृत्ति हो, नागरिकहरूलाई जीवनरक्षक हेरचाहको पहुँचबाट बञ्चित गर्नु र स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हो।”
अबुबकरले लेबनानमा जारी द्वन्द्वको एउटा विशेषता भनेको स्वास्थ्य सेवाका लागि यो कत्तिको विनाशकारी छ भन्ने रहेको बताउँदै ४७ प्रतिशत आक्रमण ‘कम्तीमा एक जना स्वास्थ्यकर्मी वा बिरामीका लागि घातक साबित भएको’ उल्लेख गरे ।
युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भने, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३।३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए ।”
उनले लेबनानमा स्वास्थ्य सेवामा घातक आक्रमणको उच्च प्रतिशत ‘अधिक एम्बुलेन्सहरूलाई लक्षित गरिएको’ तथ्यको कारण हुन सक्ने बताए ।
“वास्तवमा, जब एम्बुलेन्स लक्षित हुन्छ त्यसपछि तपाईंसँग तीनदेखि पाँच स्वास्थ्यकर्मी प्रभावित हुन्छन् वा मारिन्छन् ।” द्वन्द्वले हालैका वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पु¥याएको छ ।
डब्लुएचओले लेबनानका १५३ अस्पतालमध्ये १५ वटा अस्पताल बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको चेतावनी दिएको छ ।
पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि डब्लुएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले भने, “यस स्तरको स्वास्थ्य सेवामा हुने आक्रमणले स्वास्थ्य प्रणालीलाई प्रभावित बनाउँछ ।”“ज्यान गुमाउनुबाहेक, स्वास्थ्यकर्मीको मृत्युले वर्षौंको लगानी गुमाउनु पर्ने हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार