१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार ८:४०:४३
८ मंसिर, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवमा १८ काम सम्पन्न गरेको छ । ‘सबैमा पहुँच’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहक मैत्री एवं नविनतम डिजिटल बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले शुक्रबार १८ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरी १८ औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको बैंकले आज शुक्रबार देशभरी विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको हो ।
वार्षिकोत्सवका अवसरमा बैंकले निम्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
विकास बैंकले देशका विभिन्न ७ स्थानमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरेको छ ।
विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।
विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।
विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।
विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।
विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।
विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।
विकास बैंकको शाखा कार्यालय, वीरगन्जमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।
जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर (रक्सी पत्ता लगाउने यन्त्र) र रंगीन प्रिन्टर प्रदान ।
कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।
कान्ति बाल अस्पताल, काठमाडौंमा वेटिङ्ग कुर्सी प्रदान ।
बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान ।
श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्जाका विद्यार्थीहरूलाई ट्रयाक सूट (स्कूल ड्रेस) वितरण ।
जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान ।
श्री रामनदी धाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।
मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाउँ (मेची नदीको पारीको गाउँ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।
श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमको पोशाक वितरण ।
श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्जाका विद्यार्थीहरूलाई ट्रयाक सुट (स्कूल ड्रेस) वितरण ।
त्यसैगरी बैंकले “स्वस्थ जीवनशैली” का लागि खेलकुद भन्ने नाराका साथ शनिबार गरिमा रोड रेस प्रतियोगिता-२०८१ आयोजना गर्दैछ । कीर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्ला तर्फ महिला र पुरुष १० किमि र कर्पोरेट तर्फ महिला र पुरुष ५ किमि दुरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगितामा बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः रु.७५,०००/– रु.६०,०००/, रु.४५,०००/–, रु.३०,०००/– र रु.१५,०००/– पुरस्कार प्रदान गर्ने जनाएको छ ।
खुल्ला र कर्पोरेट तर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार