काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार ८:५८:३४
८ मंसिर, काठमाडौं । गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । सरकारको अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ।
कृषि तथा पशुपन्छी तर्फ ६ अर्ब बराबरको क्षति भएको, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ। ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ। बाढी–पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।
काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन्। ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए। ९ वटा मात्रै सञ्चालनमा आएका छन्। २८ वटा राजमार्ग अझै अवरुद्ध छन्। सञ्चालनमा रहेका १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। यस्तै, निर्माणाधीन १८ वटा आयोजना पनि बाढी पहिरोको चपेटामा परेका छन्।
५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको सरकारले जनाएको छ। त्यस्तै दूरसञ्चार कम्पनी लिमिटेडका ३ सय १२ साइटमा पनि क्षति पुगेको छ । काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौं घरहरूमा क्षति पुगेका छन् ।
त्यस्तै गरी ललितपुरको टिकाभैरब क्षेत्र, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ, यति हुँदा पनि र अहिले सम्म पनि पीडितहरूले सरकारबाट उचित राहत नपाएको गुनासो सुनिन थालेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार