मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १७:२५:५
♦ महेन्द्र थापा
८ मंसिर, बुटवल । पाँच सय वर्ष पुरानो इतिहास बोकेको बुटवलको मणिमुकुन्द सेन उद्यानमा वार्षिक सरदर पाँच लाख बढी पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । उद्यानमा सौन्दर्यकारी पूर्वाधार थपिएसँगै केही वर्ष यता पर्यटक आगमन बढेपछि उद्यान व्यवस्थापन समिति उत्साहित भएको छ ।
मणिमुकुन्द सेन उद्यान, जीतगढी, नुवाकोट गढी, प्राचिन बटौली बजार, दुईटा केबल कारको सञ्चालन, ठूला होटल रेष्टुरेन्टहरुको स्थापना आदी पर्यटकीय पूर्वाधार बढ्दै गएका कारण पछिल्लो चरणमा लुम्बिनी निकटको शहर बुटवल पनि आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
उद्यानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनन्तराज सिलवालका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा ५ लाख ४९ हजार पर्यटकलाई उद्यानमा न्यानो स्वागत गरिएको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को ३ महिना अवधीमा करिब १ लाख पर्यटकलाई स्वागत गरिएको छ । यहाँ आउने पर्यटक मध्ये अधिकांश आन्तरिक छन् भने १० प्रतिशत बढी भारतिय रहेको तथ्याङ्क छ ।
विहिबार सम्पन्न उद्यानको १६ औं साधारण सभाले अझै थप नयाँ नयाँ पर्यटकीय पूर्वाधार थप्दै जाने, गुरुयोजना अनुरुपका संरचना बढाउँदै जाने र सेन बंशिय राजदरबारको प्रतिरुप राजदरबार बनाउने निर्णय गरेको छ । अब शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकलाई पनि यो उद्यानको अवलोकन भ्रमणमा आकर्षित गर्ने गरी कार्यक्रम बनाउने निर्णय पनि साधारण सभाले गरेको छ ।
गत आर्थिक वर्षमा पर्यटक आगमनबाट उद्यानलाई २ करोड ५० लाख रुपैयाँ आम्दानी भएको थियो । पर्यटक आगमन र भवन भाडाबाट उद्यानलाई गतवर्ष रु. ३ करोड ७५ लाख आम्दानी भएको तथ्याङ्क छ । उद्यानको बार्षिक आम्दानी खर्च सरदर रु. ५ करोड बराबर रहेको जानकारी समेत अधिकृत सिलवालले दिएका छन् । स्थानिय र प्रदेश सरकार एवं मनकारी सहयोग दाताहरुको सहयोग उद्यानलाई प्राप्त हुने गरेको छ ।
उक्त उद्यान वि.सं. १५७५ मा पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गरेको मानिएको छ । ऐतिहासिक एवं पुरातात्वीक सम्पदास्थल जीतगढी क्षेत्रमा उक्त उद्यान सञ्चालित छ । राजा मणिमुकुन्द सेनले राजदरबारको आँगनमा स्थापना गरेको उद्यानको बृहत रुप हो, अहिलेको मणिमुकुन्द सेन उद्यान ।
उद्यानमा राजदरबारको भग्नावशेष संरक्षित छ । राजा मणिमुकुन्द सेन घोडामा सवार भएको शालिक, सहिद स्मारक, शिवालय, स्वामिनारायण भगवानको योगाभ्यास स्थल, सुन्दर बगैंचा, सन्चो विसन्चो घर, चिडियाखाना, वाल उद्यान, पानीको फोहोरा आदि आकर्षक पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् ।
उक्त उद्यान नेपाल अधिराज्य निर्माण अघिको विशाल पाल्पा राज्यको शितकालिन राजदरबार क्षेत्रमा स्थापित छ । अहिले पनि राजदरबारको भग्नावशेष संरक्षित छ । वि.सं. १८७१÷७२ मा भएको नेपाल अङ्ग्रेज युद्धमा नेपालले जितेको जितगढी क्षेत्र पनि हो, उक्त उद्यान क्षेत्र । ऐतिहासिक र पुरातात्वीक क्षेत्रमा सञ्चालित उक्त उद्यान अहिले पर्यटक आगमन, आम्दानी र सौन्दर्यकारी पूर्वाधारको दृष्टिले नेपालको सर्वोत्कृष्ट उद्यान मानिन्छ । उक्त क्षेत्रको सेन बंशिय राजदरबार नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेज सेनाले प्रहार गरेको बम विष्फोटबाट भत्केको इतिहासकार निर्मल श्रेष्ठको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार