‘मन्त्री जापान छिरेको भए मानव तस्करीले वैधता पाउथ्यो- प्रहरी, अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा दायर हुँदै

नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १७:३९:४०

८ मंसिर, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा चल्ने भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा अधिकारीलाई मानव बेचविखनमा तथा ओसारपसार सम्बन्धी कानुन आकर्षित गराउँदै मुद्दा दायर गर्न सिफारिस गरेपछि आइतबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ ।
प्रहरीले उनीसहित १२ जनालाई तीन वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय दिएको छ । मुद्दा चलाउने क्रममा प्रहरीले मन्त्री अधिकारी जापान छिर्न पाएको भए यो प्रकरण नै बाहिर नआउने जनाएको छ । ‘मन्त्री दोषी देखिन्छन् किनकी मन्त्री जापान छिर्न पाएको भए सँगै गएका तीन जना पनि जापान पुग्थे, जसले गर्दा यो प्रकरण बाहिर आउँदैनथ्यो’, प्रहरीले तर्क गरेको छ ।
‘मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको छ’, प्रहरी परिसरका एक अधिकारीले भने ‘आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुनेछ ।’ प्रहरीले मन्त्रीको प्रत्यक्ष संलग्नता नदेखिए पनि नियम पालना नगरेको र गैरकानुनी रूपमा त्यो टोलीसँग अधिकारी पनि जापानसम्म गएको देखिएकाले उनलाई पनि मुद्दा चलाउनु पर्ने राय दिएको छ । ‘उहाँले नियम पालना गरेको देखिएन,’ प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।
प्रतिवेदनमा पक्राउ परेका ९ जना र फरार तीन जना गरी १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन राय दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार प्रहरीले मानव बेचबिखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगी सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन राय दिएको हो । मन्त्री अधिकारीसँगै तीन जना नक्कली कागजातका आधारमा जापानको नारिता विमानस्थल पुगेका थिए । तर त्यहाँबाट मन्त्री अधिकारी र तीन जना युवालाई नै फर्काइदिएको थियो । कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन युवा पक्राउ परेका थिए ।
पक्राउ परेका युवाहरूले आफूहरूले १० देखि १३ लाख रूपैयाँसम्म बुझाएर जापान गएको बयान दिएका थिए । उनीहरूले बयानमा आफूहरू पनि ठगिएको बताएका छन् । उनीहरूले बिचौलियालाई रकम बुझाएर जापान जान लागेको बताएका थिए । उनीहरूलाई यसरी पठाउनेमा संलग्न थप पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । अरु तीन जना भने अझै पनि फरार नै छन् । उनीहरूलाई फरार सूचीमै राखेर मुद्दा चलाउन प्रहरीको राय छ ।
निवर्तमान मन्त्री अधिकारी कात्तिक २५ गते पक्राउ परेका थिए । खोटाङको केपिलासगढी गाउँपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगेका थिए । उनीहरूलाई जापानको विमानस्थलबाटै फर्काइएपछि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको थियो । ‘मन्त्रीले थाह नपाएको भनिएपनि नक्कली कागजात तयार पारी उनीहरू जापान जानुमा मन्त्रीकै दोष देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
पक्राउ परेकाहरूको बयानबाट धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारको पनि संलग्नता खुलेको थियो । प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान सिध्याएको छ । ६ जना पक्राउपछि मात्रै मन्त्री अधिकारी पक्राउ परेका थिए । अनुसन्धानका क्रममा थप दुई जनाको पनि संलग्नता खुलेको थियो । प्रहरीले खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई पनि पक्राउ गरेको छ । अझै केही व्यक्तिको संलग्नता खुले पनि उनीहरू भने फरार रहेको प्रहरीको दाबी छ । मन्त्री अधिकारीको राहदानी लिने, भिसा लगायतका प्रक्रिया अगाडि बढाइदिने व्यक्तिहरू भने अझै फरार छन् ।
विष्णु भट्टराई, दिवाकर भट्टराई र गोपाल गौतम फरार छन् । गौतमले नै अधिकारीको पासपोर्ट लगायतको कागजात लगेका थिए । जापान जाने बेला दिवाकरले पासपोर्ट लगायतका कागजात दिएको अधिकारीले बताएका छन् । बयानका क्रममा मन्त्री अधिकारीले आफ्नो संलग्नता नरहेको र आफू उनीहरूको षडयन्त्रमा फसेको बताएका छन् । अधिकारीले भने आफूले मानव बेचबिखनको उद्देश्यले अन्य युवाहरूलाई साथ लगाएर पठाएको थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डमाथि अस्ट्रेलीयाको रोमाञ्चक जित
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
नेपालमा बढिरहेको हङकङ फ्लुको प्रकोप र यसबाट बच्ने उपाय
फागुन ११, २०८१ आइतबार
राप्रपाले मंगलबार धनगढीमा वृहत् मोटरसाइकल र्याली गर्दै
फागुन ११, २०८१ आइतबार
अमेरिकी सरकारी कर्मचारीसँग मस्कले मागे एक साता अघि गरेका कामको विवरण
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
नेपालमा बढिरहेको हङकङ फ्लुको प्रकोप र यसबाट बच्ने उपाय
फागुन ११, २०८१ आइतबार
राप्रपाले मंगलबार धनगढीमा वृहत् मोटरसाइकल र्याली गर्दै
फागुन ११, २०८१ आइतबार
अमेरिकी सरकारी कर्मचारीसँग मस्कले मागे एक साता अघि गरेका कामको विवरण
फागुन ११, २०८१ आइतबार
रौतहटमा अवैध सालको काठसहित २ जना पक्राउ
फागुन ११, २०८१ आइतबार
जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
नेपालमा बढिरहेको हङकङ फ्लुको प्रकोप र यसबाट बच्ने उपाय
फागुन ११, २०८१ आइतबार
राप्रपाले मंगलबार धनगढीमा वृहत् मोटरसाइकल र्याली गर्दै
फागुन ११, २०८१ आइतबार
अमेरिकी सरकारी कर्मचारीसँग मस्कले मागे एक साता अघि गरेका कामको विवरण
फागुन ११, २०८१ आइतबार