विशेषज्ञ चिकित्सकसहितको टोलीले गर्यो पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १७:५६:५१
८ मंसिर, काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।
अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार लामो समयदेखि घुँडा खिइएका बिरामीको शल्यक्रिया गरिएको हो । अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको जानकारी दिए ।
निर्देशक भण्डारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । अमेरिकाबाट आउनुभएका अर्थोपेडिक सर्जन डा रवि बस्यालले अर्थोपेडिक अस्पतालसँग सन् २००९ देखि नै सहकार्य गर्दै आएको र हाल सम्म करिब ६ सय घुँडाको शल्यक्रिया भएको जानकारी दिए ।
उनले नेपाल अर्थोपेडिक अस्पतालका चिकित्सक दक्ष, अनुभवी भएकाले नेपाल अर्थोपेडिक अस्पतालमा समेत घुँडा खिइएका बिरामीहरूको सफल शल्यक्रिया भइरहेको यसको उपचारका लागि अस्पताल नै सक्षम रहेको बताए ।
अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार