भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १८:३३:४९
८ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन्।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेका द्विवेदीले शनिबार बिहान मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन्।
भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार बिहान ८ : ४० बजे मुक्तिनाथ हेलिप्याण्डमा अवतरण गरेका थिए। सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए।
द्विवेदीलाई मुस्ताङको जोमसोम स्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए।
दिवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको सैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेको छ। निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ।
मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले सहयोग पुर्याएका थिए। मुक्तिनाथको दर्शनका लागि भारतीय सेनाध्यक्ष द्विवेदीले १ घण्टा ५० मिनेट बिताएका थिए।
काठमाडौंबाट सैनिक हेलिकोप्टर मार्फत बिहान ८ : ४० बजे मुक्तिनाथ पुगेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गरेर बिहान १० : ३० बजे मुक्तिनाथबाट हेलीमार्फत काठमाडौं फर्किएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
नेपाल-भारत सैन्य वार्ता आज
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार