गरिमा विकास बैंक १८ औं वार्षिकोत्सवमा ६५० धावक सहभागी, सर्वाधिक पुरस्कारसहित महिला फुटबल टीमलाई १ लाख प्रदान
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १८:४६:३०
मंसिर, काठमाडौं । “स्वस्थ जीवनशैली”का लागि खेलकुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा आज ८ गते शनिबार आयोजित Road Race Competition-2081 सफलतापूर्वक सम्पन्न गरेको छ ।
प्रतियोगिताका प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको Road Race Competition को खुल्ला तर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।
खुल्ला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट शुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिकाको गणेश चोकमा पुगी पुनः लाजिम्पाट, काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट शुरु भई नारायणगोपाल चोक पुगी पुनः लाजिम्पाट काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.७५,०००, रु.६०,०००, रु.४५,०००, रु.३०,००० र रु.१५,००० नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ्य जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा बोल्दै एथ्लेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।
साथै, विकास बैंकले गत कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टीम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टीमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरे बमोजिमको रु. १ लाख नगद पुरस्कार समेत आज आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ, राष्ट्रिय महिला फुटबल टिमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको Road Race प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।
विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा उपस्थित सम्पूर्ण महानुभावसहित स्थापनादेखि हालसम्मको गरिमामय यात्रामा निरन्तर साथ दिनु हुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार