धितोपत्र बोर्ड अध्यक्षका लागि अधिकारी र कार्कीले दिए अन्तर्वार्ता, चापागाईं सहभागी भएनन्
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १०:५९:३६
९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता लिइएको छ । आइतबार बिहान सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति लिइएको हो । बोर्डको अध्यक्षका आकांक्षी डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भए । अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएर अर्थ मन्त्रालयबाट उनीहरु बाहिरिएका छन् ।
अर्का आकांक्षी चिरञ्जिबी चापागाईं भने सहभागी भएनन् । अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुनसकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ ।
अध्यक्षका आकांक्षी चापागाईं फोन अफ गरेर बसेका छन् । यद्यपि, उनलाई केही समय पर्खने सिफारिस समितिले जनाएको छ । उनी आजको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभए सहभागी चारमध्ये अध्यक्ष छनोट समितिले तीनजनाको नाम मन्त्रिपरिषदमा बुझाउनेछ । असोज १८ गते बोलाइएको अन्तर्वार्तामा सिफारिस समितिका संयोजक अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार