मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार ११:२२:१८
९ मंसिर, काठमाडौं । मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश गरेको छ । शनिबार २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
२६औं वार्षिकोत्सवका उपलक्ष्यमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्व. लक्ष्मणबाबु श्रेष्ठको योगदानबारे चर्चा गरियो । २६ वर्ष पुगिसकेको केबलकार एनलग प्रविधिमा सञ्चालन गरिएको थियो ।
यसको मर्मतसम्भार गर्दै अहिले डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ । केबलकारका संस्थापक लक्ष्मणबाबुकै पालादेखि सामाजिक व्यावसायिक उत्तरदायी नीति अपनाउँदै मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको मनकामना दर्शन प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार परिसरभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको प्रालिले बताएको छ ।
सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १र१ प्रतिशतका दरले गोरखाको सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
मंसिर ९, २०८१ आइतबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार