मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १३:३८:१८
९ मंसिर, मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाख बढी आम्दानी गर्दै आएको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट सबै खर्च कटाएर रु चार लाख बढी आम्दानी गर्दै आएको हो ।
रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरीपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए । उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्राविधिक सहयोग पाएको छैन ।
रूपबहादुरले भने, “बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै आएको छु । सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो ।” उनले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताए ।
“ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ । उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउँछन् । वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु । त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ”, रूपबहादुरले भने । जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाउर रु चार लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिए ।
आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत आर्गानिक र गुणस्तरीय हुने दाबी गरे ।
सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुर्ख्यौली व्यवसायको एक नमूना पनि हो । परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेको थियो । विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उनले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार