ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १८:२६:५९
९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।
साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट÷क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।
यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च रु. १५,००० देखि अधिकतम रु. ५००,००० सम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
यस्ता विभिन्न किसिमका सुविधाहरुको उपभोग गर्न इच्छुकहरुले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै लाभान्वित गरिरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भि󠄂त्र्याउन सहजता प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार