पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार ८:२५:४३
१० मङ्सिर, काठमाडौं । चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर ‘मायावी’ फागुन १४ गते रिलिज गरिन लागिएको हो । आइतवार राती पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले मायावीको रिलिज डेट घोषणा गरेको हो । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रले पटकपटक प्रदर्शन मिति परिवर्तन गर्दै आएको थियो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईंलाइ देखाइएको छ । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर देख्न सकिन्छ । पोस्टरमा पलको आँखामा आँशु देखिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् भने दीपिकाको अनुहार पनि मलिन छ ।
उनीहरूको मुहारले सिनेमामा पल र दीपिका प्रेमी–प्रेमिकाको भूमिकामा रहेको र बिछोडको अवस्थामा पुगेको संकेत गरेको देखिन्छ । ‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार