एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १०:७:२६

१० मङ्सिर, काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ कम्पनीको लिलामी सेयर भर्ने सोमबार (आज) अन्तिम दिन रहेको छ । नागरिक लगानी कोष, सूर्योदय वोमी लघुवित्त, सूर्यज्योति लाइफ इन्सुरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को लिलामी सेयर भर्ने आज अन्तिम दिन हो ।
बैंकले मंसिर ३ गतेदेखि सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तका ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । यि यसमा आज कार्यालय समयसम्म भित्रमा आवेदन दिनु पर्ने हुन्छ ।
जसमा सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । यी कम्पनीको सेयर बिक्रीबाट बैंकले न्यूनतम् ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ ।
उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।
सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
राष्ट्र बैंकले भन्यो-अब नेपाल पे टाइमसँग कुनै कारोबार नगर्नु, लाइसेन्स खारेज भइसक्यो
फागुन ९, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
फागुन १०, २०८१ शनिबार
शेखर कोइरालाको सचिवालय विशालनगरमा नेपाल सेनानी संघका पदाधिकारीसहितको जमघट
फागुन १०, २०८१ शनिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
फागुन १०, २०८१ शनिबार