मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १०:५७:५३
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले सबैलाई शुभकामना र जितेपछि जित्नेलाई बधाई दिने बताए ।
ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए । एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारणका निम्ति क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइतिहासमा २०२४ लाई फर्केर हेर्दा, देशभरि के के भयो ?
पुष १७, २०८१ बुधबार
प्रविधिको विकास र प्राकृतिक समस्या समाधानमा कस्तो रह्यो सन् २०२४ को भूमिका ?
पुष १६, २०८१ मंगलबार
गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि नबदुर्गा नाच ( फोटो फिचर )
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट मात्र ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार