वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार ११:४९:३४
१० मंसिर, काठमाडौं । उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार (२४ नोभेम्बर) सर्वेक्षण कार्यका क्रममा भएको हिंसालाई लिएर हंगामा भएपछि तनाव बढेको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार अदालतको आदेशमा आइतबार सम्भलको जामा मस्जिदमा भएको सर्वेक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यस हिंसाका क्रममा गोली हानाहान र ढुंगा हानाहानमा चार जनाको मृत्यु भएको र २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
यसै विषयमा भारतीय कांग्रेस नेता राहुल गान्धीले हालैको विवादलाई लिएर राज्य र केन्द्र सरकारलाई निशाना बनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, उत्तर प्रदेश सम्भलमा हालैको विवादमा राज्य सरकारको पक्षपात र हतार रवैया अत्यन्त दुर्भाग्यपूर्ण छ। हिंसा र गोलीबारीमा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो गहिरो समवेदना।
राहुल गान्धीले ट्वीटमा थप लेखेका छन्, प्रशासनले सबै पक्षहरूको कुरा नसुनी कारबाही गरेको र असंवेदनशीलताले वातावरण बिग्रियो र धेरै मानिसहरूको मृत्यु भयो - जसको लागि भाजपा सरकार प्रत्यक्ष रूपमा जिम्मेवार छ। भाजपाको शक्तिको प्रयोग भनेको हिन्दू-मुस्लिम समाजबीच दरार र विभेद सृजना गर्नु हो। न राज्यको हितमा काम गर्छ न देशको । यस विषयमा जतिसक्दो चाँडो हस्तक्षेप गरी न्याय गरिदिन सर्वोच्च अदालतलाई आग्रह गर्दछु । शान्ति र आपसी सद्भाव कायम राख्न मेरो अपिल छ । भारत साम्प्रदायिकता र घृणाको होइन, एकता र संविधानको बाटोमा अघि बढ्छ भन्ने सुनिश्चित गर्न हामी सबै एकजुट हुनुपर्छ।
सम्भल जिल्लामा ३० नोभेम्बरसम्म बाहिरी व्यक्तिलाई प्रवेशमा रोक
उत्तर प्रदेशको सम्भल जिल्लामा हिंसापछि उत्पन्न तनावलाई ध्यानमा राख्दै सम्भल तहसीलमा इन्टरनेट सेवा बन्द गरिएको छ र सोमबार कक्षा १२ सम्मका सबै विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ। यसबाहेक जिल्लामा भारतीय न्यायिक संहिता (बीएनएस) १६३ अन्तर्गत नोभेम्बर ३० सम्म निषेधाज्ञा जारी गरिएको छ । यसअन्तर्गत नोभेम्बर ३० गतेसम्म जिल्लामा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार