सहकारी ठगीमा थप पुष्टि हुँदैछ रविको संलग्नता, चेकमा हस्ताक्षर भेटेपछि राष्ट्र बैंकसँग मागियो खाता विवरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १२:१६:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/a_rabi_j_tQp8mEvC7X_yfYzocpC8v_WYNBS6Dq9u_edve1hhWhB.jpg)
१० मंसिर, काठमाडौं । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सहकारीको रकम अपचलनमा संलग्न भएको कुरा थप पुष्टि हुँदै गएको छ । एकपछि अर्को प्रमाण भेटिएपछि प्रहरीले पनि अनुसन्धानलाई थप तीब्रता दिएको छ । यसअघि प्रहरीले अनुसन्धानका क्रममा रविको खातामा २ करोड आएको पत्ता लगाएको थियो । अहिले चेक फेला पारेको छ ।
लामिछानेले गोर्खा मिडियाबाट सहकारीको ऋण र ब्याज तिर्न दर्जन बढी चेक काटेको प्रमाण बाहिरिएको छ । चेकमा हस्ताक्षर गरी विभिन्न सहकारीको रकम तिरेको भेटिएपछि प्रहरीले नेपाल राष्ट्र बैंकसँग लामिछाने र उनकी श्रीमती निकिता पौडेलको बैंक खाता विवरण मागेको छ । प्रहरीको उच्च स्रोतका अनुसार मनि ट्रान्सफरतिर पनि अवैध रकम चलखेलको आशंका छ । यसैले राष्ट्र बैंकसँग दुबै जनाको खाता विवरण मागिएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा चेक पत्ता लगाएको हो । रुपन्देहीमा बयान दिने क्रममा पनि रविले आफ्नो खातामा २ करोड आएर चलाएको तर कसले किन पठाएको भन्ने थाहा नभएको बताएका थिए । चेकका विषयमा पनि उनले हस्ताक्षर आफ्नो भएको तर चेक कसले काटेको हो थाहा नभएको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने र उनकी श्रीमती निकिता पौडेलको बैंक खाता विवरण मागेको हो । चुनावका बेला आएको कतिपय रकमको पनि प्रहरीले खोजी सुरु गरेको छ ।
प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ । स्वर्णलक्ष्मी सहकारीलाई ब्याज बापत ९३ लाखमाथि रकम भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको प्रहरीले फेला पारको हो ।
रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको प्रहरीको भनाइ छ । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सन्दर्भमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । उनी हाल कास्की हिरासतमै छन् । आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धानका लागि १५ दिनको म्याद थप गरेको छ ।
लामिछानेको बैंक खाता मागेको र सम्पत्ति रोक्का गर्न पत्राचार गरेको विषयलाई प्रहरीले गोप्य नै राख्न चाहेको छ । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । गत वर्ष नै प्रधानमन्त्री कार्यालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले लामिछानेको सम्पत्ति खोजबिन सुरु गरेको थियो । ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको रविले दावी गर्दै आएका थिए । अनुसन्धान गर्दै जाँदा रविको दावी गलत सावित हुँदै गएपछि सबै कुराको अनुसन्धान गर्न राष्ट्र बैंकसँग खाता विवरण मागिएको हो । यसअघि नै रवि र उनको परिवारको खाता रोक्का गर्न प्रहरीले पत्र नै पठाएको थियो ।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न पटक–पटक म्याद थपका क्रममा गत आइतबार पनि १५ दिनको म्याद थप गरिएको हो। ठगी प्रकरणमा मुछिएका मानिसको सम्पत्ति रोक्का गर्ने बैंक विवरण माग्ने प्रक्रिया र विषय अनौठो नभएको एक प्रहरीले बताए।
सूर्यदर्शन सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय रूपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको दाबी छ । यो विषयमा प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । रविविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले कास्कीबाट पहिले चितवन लाने कि काठमाडौं ल्याउने भन्ने टुंगो गरेको छैन । उनलाई बयानका लागि दुबै ठाउँमा लग्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार