निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १४:२५:४०
१० मंसिर, भोजपुर । सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्देश्यले चारदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रासाउन्ड, स्त्रीरोग, ल्याब परीक्षण लगायतको सेवा प्रवाह भइरहेको आयोजकले जनाएको छ ।
स्थानीय नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । “स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यले यहाँ शिविर सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरबाट नागरिकले एक साथ सबै खालको सेवा लिन सक्नेछन् ।”
नेपाल सरकारबाट प्राप्त स्रोत साधनबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा पर्याप्त नभएकाले कादुरीसँगको सहयकार्यमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ । रोग पहिचानसँगै त्यसको उपचारका लागि शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताए । शिविरसँगै एसइई दिएर बसेको विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छनोटको काम भइरहेको उनको भनाइ छ । छनोटमा परेका विद्यार्थीलाई कादुरीले निःशुल्क प्राविधिक शिक्षा दिने उनले जानकारी दिए ।
यही मङ्सिर ७ गतेदेखि सुरु भएको शिविर आजसम्म सञ्चालन हुने कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिए । सञ्चालन भइरहेको शिविरको ब्रिटिसका राजदूतले शनिबार अवलोकन गरेको छ । स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा सबै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ का स्थानीय प्रेम राईले बताए ।
“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, उनले भने, “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोगको उपचार गर्न पाइयो, धेरै खुसी लागेको छ, यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”
दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ–२ का स्थानीय काजिराम राईले बताए । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उनको भनाइ छ । “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, उनले भने, “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार