पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १४:३९:२२
१० मंसिर, बीरगञ्ज । अपहरण गरी दुई लाख रुपैयाँ फिरौती रकम मागेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना पत्रकारको आवरणमा कम्प्युटर अपरेटरको काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार अपहरण गरी फिरौती माग्ने बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. १ घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने मोहन ठाकुर बढैको छोरा हरिशंकर शर्मा र सुरेश दास रहेका छन् ।
पर्सा प्रहरीका एक अधिकारीले भने, ‘ बीरगञ्ज टाइम्स दैनिकका सम्पादक बताउने पत्रकार हरिशंकर शर्मा र सुरेश दासले रौतहटका एक युवकलाई मोटरसाइकलसहित अपहरण गरेका थिए ।
उनीहरुले मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि हिजो आइतबार ५० हजार अपहरितका परिवारसँग बुझेर जाने क्रममा पत्रकार शर्मा र सुरेस दासलाई पक्राउ गरिएको हो ।’
पत्रकारिताको खोल ओढेर बिगत लामो समयदेखि बीरगञ्जमा ठग्दै धम्क्याउँदै आएका बीरगञ्ज टाइम्स दैनिकका सम्पादक बताउने शर्मा खासमा बीरगञ्जबाट प्रकाशित हुने कालिका टाइम्स, सर्व राष्ट्रिय दैनिक र बीरगञ्ज टाइम्स दैनिकमा पत्रिका सेटिङ गर्ने तथा कम्प्युटर अपरेटरको काम गर्ने व्यक्ति हुन । पक्राउ परी थुनाका रहेका अपहरणकारीहरूको बारेमा अहिले अनुसन्धान भइरहेकाले थप विवरण खुलाउन नमिल्ने पर्सा प्रहरीले जानकारी दिएको छ ।
आफूलाई पत्रकार बताउने शर्माले भिस्वाका नामुद तस्कर जगदीश साह कानुसँग मिलेमतो गरेर तस्करी पनि गर्ने गरेको बताइएको छ । उनै तस्कर जगदीशसँग पैसा लिएर हरिशंकर शर्माले बीरगञ्जका धेरै व्यक्तिहरूलाई बदनाम गराउने र असुल्ने धन्दा पनि संचालन गर्दै आएको मधेशप्रदेश खबरका अध्यक्ष तथा प्रबन्ध सम्पादक मुरतुजा मियाँ तेलीले नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार