सरकारी वकिलको कार्यालयले सीआईबीलाई भन्यो, भैसेपाटी घटनामा एसपी थापामाथि थप अनुसन्धान गर्नू
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १४:५६:४५
१० मंसिर, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको भैँसेपाटी घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जनाविरुद्ध मंगलबार मुद्दा दायर भएको थियो । यसमा एसपी थापाको नाम थिएन् ।
प्रहरीकै मिलेमतोमा व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने घटनामा एसपी थापाको पनि हात रहेको भन्दै सरकारी वकिल कार्यालयले उनीमाथि अनुसन्धान हुनुपर्ने बताएको हो । सीआइबीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । फरार रहेकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । जसमा एसपी थापाको नाम समाबेस छैन् ।
प्रतिवादी बनाइएका ६ जनाको हकमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । यसमा भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार प्रतिवादी छन् । पक्राउ प्रतिवादीहरूमा भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।
यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । प्रतिवेदन अनुसार हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको छ । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।
गिरोहसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापाको बयान लिए पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध भने मुद्दा नचलाउन सिआइबीको सिफारिस भएको थियो । गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए । तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो ।
ललितपुर सहकारी वकिल कार्यालयले थापामाथि थप अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको हो । सीआईबीले एसपी थापाको हकमा थप अनुसन्धान भइरहेको जनाए पनि प्रतिवेदनमा उल्लेख नगरेपछि संका गरिएका ेहो । थप अनुसन्धान गर्ने भनिएकी मनिषा कार्की भने घटनाका मुख्य योजनाकार ताजको प्रेमिका रहेको खुलेको छ । भैंसेपाटी हनीट्रयाप प्रकरणका रुपमा चर्चित यो घटनामा सीआईबीको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर भएको हो । यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा एसपी थापालाई अनुसन्धानबाट नछुटाउन भनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार