तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १९:३८:३८
१० मंसिर, काठमाडौं । तेलङ्गना सरकारले अदानी समूहले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई दिँदै आएको एक अर्ब भारतीय रूपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री रेवन्त रेड्डीले यस निर्णयको घोषणा गर्दै भने, “‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई धेरै कम्पनीहरूले अनुदान रकम दिएका छन् । त्यसमध्ये अदानी समूहले पनि एक अर्ब भारतीय रूपैयाँ अनुदान दिएको छ । हिजो हामीले सरकारका तर्फबाट अदानी समूहलाई पत्र लेख्दै समूहले दिएको एक अर्ब रूपैयाँ स्वीकार गर्न राज्य सरकार तयार नभएको उल्लेख गरेका छौं ।”
“म अदानी समूहको एक अर्ब रूपैयाँ स्वीकार नगर्ने राज्य सरकारको निर्णयलाई दोहोर्याउन चाहन्छु ।” मुख्यमन्त्री रेड्डीले भने, “म कुनै पनि विवादमा फस्न चाहन्नँ । आधारभूत रूपमा, मैले यसको लागि एक पैसा पनि लिएको छैन।”
तेलङ्गाना राज्य सरकारले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’मार्फत युवाहरूका लागि योगदान पुर्याउने एक कदम चालेको छ किनभने आज लाखौं युवाहरू सीपविहीन छन् र रोजगारी पाइरहेका छैनन्।”
उनले भने, “कर्पोरेट सामाजिक दायित्व 'सीएसआर' कोषअन्तर्गत हामीले अदानी समूहबाट सैद्धान्तिक रूपमा एक अर्ब रूपैयाँको प्रतिबद्धता प्राप्त गरेका छौं । तर, अहिलेसम्म तेलङ्गना सरकारको खातामा एक रुपैयाँ पनि जम्मा भएको छैन ।”
फाउन्डेसनको तर्फबाट ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई १०० करोड रूपैयाँ सहयोग गरेकोमा हामी तपाईंप्रति आभारी छौँ । यद्यपि, मलाई माननीय मुख्यमन्त्रीले वर्तमान परिस्थिति र उत्पन्न विवादलाई ध्यानमा राख्दै रकम स्थानान्तरणको माग नगर्न निर्देशन दिनुभएको छ,” पत्रमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य बढ्यो
मंसिर १४, २०८१ शुक्रबार