जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार २१:२७:१६
१० मङ्सिर, ललितपुर । जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका–२ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत रु दुई करोड पाँच लाख लागतमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताए । छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माणमा सङ्लग्न सबैको प्रशंसा गरे। उनले छात्रावास निर्माण भइसकेपछि लामो दुरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
“यो छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ”, राजदूत यूताकाले भने । उनले भूकम्पपछि क्षतिग्रस्त विद्यालयको कक्षा कोठा जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको उल्लेख गरे । बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पु(याएको योगदान चीरस्मरणीय हुने बताए ।
उनले विद्यालयको भौतिक विकास र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न पालिकाबाट हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए। विद्यालयका प्रधानाध्यापक महेशकुमार घिमिरेले टाढाबाट आउनुपर्दा विद्यार्थीहरु बीचमै पढाइ छाड्ने अवस्था आउने तथा छात्राहरु असुरक्षित भएको अवस्थालाई समाधान गर्न विद्यालयले अघि सारेको छात्रावास परियोजनालाई सफल र सार्थक बनाउन जापान सरकार र राजदूतावासले गरेको सहयोगको प्रशंसा गरे ।
यस विद्यालयले कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । प्रधानाध्यापक घिमिरेका अनुसार हाल विद्यालयमा एक सय ७८ छात्र र एक सय ७१ छात्रा गरी कूल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको विद्यालयमा कूल २१ शिक्षक तथा कर्मचारी सेवारत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार