मार्ग शीर्ष कृष्ण दशमी : पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइयो गुह्येश्वरीको खट जात्रा
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार २२:१३:३२
१० मङ्सिर, काठमाडौं । पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको छ । आइतबार रातभर तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि युवालाई जिम्मा दिइएको छ ।क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूल भट्टबाट विधिपूर्वक पूजा गराइएको थियो । पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिएको थियो ।
त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ । जात्राका लागि नेपाली सेनाको गुरूजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा रही आएको छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।
कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै आजै बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर ल्याइएको हो । मूर्ति लगेसँगै गुह्येश्वरी मन्दिर परिसरमा भक्तजनको भीड लागेको छ । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा सञ्चालन हुने गुह्येश्वरी यात्राका लागि हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा रहेको मूर्ति आइतबार नै गुह्येश्वरी पु¥याइएको थियो ।
गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताए । मूर्ति गुह्येश्वरी मन्दिरमा लगेसँगै आज राति बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिने पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए।
मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ । आइतबार रातभर गुह्येश्वरी मन्दिरमा धुनी जगाइएको थियो । मूर्तिलाई गुह्येश्वरीको गर्भगृहमा राखेर पूजा आराधना गरिन्छ । दुवै मूर्ति उस्तै भएकाले तलेजुलाई पनि स्थानीयवासीले गुह्येश्वरी भनी मान्ने गरेको पाइन्छ ।
गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रूख काट्ने गरिन्छ । जात्रा सकिएसँगै आज बेलुकी छ बजे यो लिङ्गो ढालिएको छ । जयप्रकाश मल्लको पालादेखि शुरू भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुनमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ ।
रातभर गुप्ति पूजाको प्रक्रिया सकेपछि आज बिहान ११ बजे विशेष पूजा गरी खटलाई यात्राको अनुमति दिइएको समितिले जनाएको छ । संस्थान र समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीज चढाएर पूजा आराधना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार