सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १२:३०:५९
११ मंसिर, काठमाडौं । घरेलु हिंसामा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा कालो मसी छर्किएकी छन् । यसपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । हाल उनलाई सिंहदरवार प्रहरी बृतमा लगिएको छ । उनले मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो मसी छ्यापेकी थिइन् ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् । बिनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो । तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले देख्यो ।
अदालतको बोर्डमा कालो मसी छर्किएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए । अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि यसअघि अदालत परिसरमै विष सेवन गरेकी थिइन् ।
बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत बैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै जिल्ला अदालत रामेछापमा पनि मुद्दा दायर गरेकी छन् । जिल्ला अदालत रामेछापले कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रदीपसँग प्रेम सम्बन्ध भएपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफूमाथि घरेलु हिंसा भएको बताउँदै आएकी छिन् । जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको उनको आरोप छ । उनको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र महेश शर्मा पौडेलको इजलासमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार