बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १४:२३:५४
११ मंसिर, ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले ढाका, चडगाउँ र दिनाजपुरमा सडक अवरुद्ध गरेका थिए र प्रभुको शीघ्र रिहाइको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
समाचार अनुसार चिन्मय दास प्रभु विरुद्ध देशद्रोह र साम्प्रदायिक सद्भाव भंग गरेको आरोपमा मुद्दा चलिरहेको छ । ढाकाको शाहबागमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि केही व्यक्तिले लाठी प्रहार गरेका छन् । यस हमलामा २० जनाभन्दा बढी घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ । हिन्दूमाथि आक्रमण भएको ठाउँ शाहबाग प्रहरी चौकीबाट मात्र ३० मिटर टाढा छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि कट्टरपन्थीले आक्रमण गर्दा प्रशासन र प्रहरीले रोक्न कुनै पहल नगरेको बताइएको छ ।
बंगलादेश प्रहरीले चिन्मय कृष्णदास ब्रह्मचारीलाई सोमबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीहरु चटगाउँ जाँदै थिए । घटनास्थलमा उपस्थित इस्कोन सदस्यका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी देखाएको छैन। उनीहरुले बोल्न चाहेको मात्रै बताए । त्यसपछि उनीहरुले उनलाई माइक्रोबसमा लगेका थिए ।
प्रहरीको आग्रहमा चिन्मय कृष्ण दासलाई पक्राउ गरिएको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखा (डिबी) का अतिरिक्त प्रहरी आयुक्त रेजउल करीम मल्लिकले जानकारी दिए । चिन्मय दासलाई कानुनी प्रक्रियाका लागि सम्बन्धित प्रहरी चौकीमा बुझाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार