एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १५:५:१५
११ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दिवाकर घले लगायतले उनीहरूलाई बिदाइ गरेका हुन् ।
एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ । समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्ने कार्यतालिका रहेको छ ।
क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । टोलीका मुख्य प्रशिक्षक गौचन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जानकारी दिए । ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित रहेको छ, मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन, तर हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेका छौं,’ गौचनले भने ।
नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार