३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १५:३७:९
११ मंसिर, काठमाडौं । मंगलबारको शेयरबजारमा सुधार देखिएको छ । आज बजारले २७ सय अंक पार गरेको छ । कारोबारमा सुरुदेखि नै आएको सुधार तथा उतार चढाबकाबीच बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ३३.४१ अंकले बढेर परिसूचक २७१६.६६ विन्दु कायम भएको छ ।
३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा २११ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । कारोबारमा सबै समूहको उपसूचक बढेको छ । जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यो दिन तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो ।
२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको मूल्य ८.४ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ८.१, बेस्ट फाइनान्स ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कर्णाली विकास बैंक र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।
सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवाखोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार