बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १५:५१:५
११ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट बयान नगराइ फर्काइएको छ । उनलाई मंगलबार प्रहरीले आदेश बमोजिम सर्वोच्चमा उपस्थित गराएको थियो ।
प्रसाईंले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ३२ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको भन्दै केही कागजात सार्वजनिक गरेका थिए । त्यसपछि उनी विद्युतीय कारोबार, किर्ते र सम्पत्ति शुद्धीकरणसहितका आरोपमा भक्तपुरस्थित निवासबाट यही मंसिर ४ गते पक्राउ परेका थिए ।
उनका छोरा निराजनले यही मंसिर ८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश डा. मनोज शर्माको इजलासले गएको आइतबार बन्दी उपस्थित गराउने आदेश जारी गरेको थियो । आदेशानुसार उपस्थित गराइएका प्रसाईंको बयान भने भएन । बुधबार पेसी राखिने र बयान पनि हुने बताइएको छ । बयान नभएपछि प्रसाईंलाई प्रहरी हिरासतमै फर्काएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार