लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १९:१०:१९
११ मङ्सिर, लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले २० औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २० औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो विशेष दीक्षान्त समारोह र १७औँ सभाको बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने गरी तय भएको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिए।
दीक्षान्त समारोहलाई बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवर्द्धनमा अतुलनीय योगदान पु¥याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिने उनले बताए ।
विश्वविद्यालयले पहिलो पटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न लागेको रजिष्ट्रार डा आचार्यले जानकारी दिए । विशेष दीक्षान्त समारोहमा विद्यावारिधि गरेका सात जना, स्नातकोत्तर एक सय ८६ जना, स्नातक तहका ८८ र पिजीटी आठ जना गरी दुई सय ८९ जना विद्यार्थी दीक्षित हुनेछ ।
दीक्षान्तमा प्रत्येक सङ्कायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ जना विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ । समारोहमा विशेष अतिथिका रूपमा म्यानमारका भिक्षु सितगो सायडोकोलगायत विशिष्ट व्यक्तिको सहभागिता रहने विश्वविद्यालय उपकुलपति प्रा डा सुवर्णलाल बज्राचार्यले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार