महिला आयोग कै पदाधिकारी हिंसा पीडित ! माननीय खतिवडाले लगाइन अध्यक्ष पराजुली र सचिवमाथि दर्जन आरोप

नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार २०:२७:३०

११ मंसिर, काठमाडौं । राष्ट्रिय महिला आयोगकै माननीय सदस्यले आफूमाथि विभेद, अन्याय र हिंसा भएको भन्दै अभिव्यक्ति दिएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पहिलो दिनको कार्यक्रममै आयोगकी वरिष्ठ सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले स्वागत भाषणका क्रममा महिला आयोगका अध्यक्ष र सचिवले आफू माथि विभेद र हिंसा गरेको दावी गरिन ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन हिजो मंसिर १० गते अल्फा हाउस नयाँ बानेश्वरमा आयोजित “हामी सबैको नाराः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” कार्यक्रममा उनले आफ्नै अध्यक्ष र सचिव विरुद्ध आक्रोश पोखेकी हुन् ।
माननीय खतिवडाले अध्यक्ष कमला कुमारी पराजुली र सचिव पार्वती अर्यालको मिलेमतोमा बोर्ड पदाधिकारीको निर्णय बिना एकलौटी र मनमौजी ढंगले बजेट खर्च गरिएको, विभिन्न कार्यक्रमहरू आयोगको निर्णय बिनै आयोजना गरिएको, आयोगका अन्य माननीय सदस्यहरूलाई कुनै पनि जानकारी नदिइएको तथा आफू खुशी आयोगको वार्षिक प्रतिवेदन तयार गरि राष्ट्रपति समक्ष पेश गरेको लगायतका दर्जनौं संगीन आरोप लगाएकी छन् ।
हिजो आयोजित सो कार्यक्रम पनि एकल निर्णयमा गरिएको भन्दै उनले अध्यक्ष पराजुली संयुक्त राष्ट्र संघले आयोजना गरेको महत्वपूर्ण कार्यक्रममा सहभागी नभई रातो पासपोर्ट दुरुपयोग गर्दै सरकारको अनुमति बिना हङकङ गएको खुलासा गरिन । आयोगकै वरिष्ठ सदस्यको स्वागत मन्तव्यका क्रममै आयोग भित्रका बेथिति छरपष्ट भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलगायत त्यहाँ उपस्थित अन्य अतिथिहरूको अनुहार एकाएक रातोपिरो भयो ।
कार्यक्रममा मन्त्रीसँगै मन्त्रालयका सचिव दिनेश भट्टराई, गृहका सहसचिव, सांसदहरू, मानसिक अस्पतालका प्रतिनिधि, नायव महान्यायाधिवक्ता, डा.अरुणा उप्रेतीलगायत थुप्रै उच्च पदस्थहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोगका वरिष्ठ सदस्य खतिवडाले नै गर्नुपर्ने भन्दै अघिल्लो दिनदेखि अध्यक्ष कमला पराजुलीले फकाउँदै थिइन । तर आफूहरूको निर्णय र जानकारी बिना नै कार्यक्रमहरू आयोजना गरिएको भन्दै माननीय खतिवडा सो कार्यक्रममा सहभागी नहुने मुडमा थिइन, तर अन्तिममा कार्यक्रम सञ्चालिका एवं आयोगकी प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले विशेष अनुरोध गरि बोलाएपछि उनी सहभागी भएर आफै हिंसा पीडित भएको, आयोग भित्रका अनियमितता, बेतिथि सबैका सामु खुलस्त पार्ने निष्कर्षका साथ सहभागी भएकी थिइन् । आयोगकै अर्की सदस्य बिद्याकुमारी सिन्हा भने अफिसमै चिया खाएर घाम ताप्दै सो कार्यक्रम नै बहिष्कार गर्न पुगिन ।
आयोगकी वरिष्ठ सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले सो कार्यक्रममा भनिन्, “राष्ट्रिय महिला आयोगमा हरेक आर्थिक वर्षमा वार्षिक बजेट कति आयो ? के के कार्यक्रम बनाइयो ? के के मा खर्च गर्ने ? नीति र कार्यक्रम के हो ? ४ वर्षदेखि आय व्यय विवरण के छ ? भन्ने आयोगका माननीय पदाधिकारीहरूलाई नै थाहा छैन । हामी आयोगका दुई सदस्य नै आयोगका कुनै पनि निर्णय प्रक्रियामा सामेल छैनौं , आजको कार्यक्रमको निर्णय प्रक्रियामा पनि सामेल छैनौं, म पनि एउटा अतिथिका रुपमा मात्र उपस्थित भएकी हुँ, आयोगका अध्यक्ष पराजुलीको ठाडो आदेशका भरमा सचिव पार्वती अर्याल तथा तीन अधिकृत र एक उपसचिवले महिला आयोग अवैध रुपमा चलाएको” बताइन ।
सदस्य खतिवडाले संवैधानिक आयोगका विकृति, भ्रष्टाचार र अनियमितता कसले हेर्ने हो भन्ने प्रश्न गर्दै आयोग अध्यक्ष र सचिवको गुटबन्दीले ध्वस्त प्रायः भएको बताइन । ०८० फागुनदेखि हालसम्म महिला आयोगमा बैठक नै नबसेको जानकारी दिँदै गत वर्षको वार्षिक प्रतिवेदन बिना बैठक कीर्ते पास गरेर राष्ट्रपतिलाई बुझाइएको, यस आर्थिक वर्षमा के के गर्ने हो भन्ने वार्षिक नीति तथा कार्यक्रम नै नबनेको तथा हालसम्म कुनै निर्णय नै नभएकाे जानकारी दिइन । आयोग अध्यक्ष पराजुलीको मनोमानी र तजबिजीमा चलिरहेको भन्दै उनले कडा आपत्ति प्रकट गरिन ।
अमेरिकामा हालै आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा महिला आयोगका पाँच जना सहभागी हुने आयोगको निर्णय नेपाल सरकार, मन्त्रालय सबैतिरबाट पारित हुने, पछि मन्त्री र सचिवको मात्र सरकारबाट खर्च व्यहोर्ने तर संवैधानिक आयोगका पदाधिकारीको खर्च नव्यहोर्ने विभेदपूर्ण निर्णय गरेर सरकारले संवैधानिक आयोगलाई पशुपतिमा बटुका थाप्ने हैसियतको सम्झेको हो ? भन्दै प्रश्न गरिन । संवैधानिक व्यवस्था, ऐन नियम र नियमावलीमा सबै कुरा प्रष्ट हुँदाहुँदै सरकारले आयोगलाई विभेद गरेको उनले बताइन ।
प्रवक्ता खतिवडाले यूएन बुमनले आयोगको एक जनाको खर्च व्यहोर्ने भनि गरेको परिपत्रमा आयोगकै अध्यक्ष जाने भनिएकोमा आफू सोही बेला उनी आयोग र सरकारलाई जानकारी नै नदिई बिना अनुमति हङकङ जाने तर मर्यादा क्रममा दोस्रो र तेस्रो माननीयलाई थाहै नदिई अध्यक्षको तजबिजीमा सचिवले दैनिक ५०० डलरको भ्रमण खर्च, हवाई टिकट लिएर जाने ? तर आफ्नो खर्चमा आयोगको इज्जत बचाउन नेतृत्व लिएर सहभागी हुँदा उल्टै अवैध ढंगले तलब समेत काट्ने ? भन्दै प्रतिप्रश्न गरिन । आफू नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, आयोगको सर्वसम्मत निर्णयमा युएन वमनको कार्यक्रममा सहभागी भएको तर अध्यक्ष र सचिवले राजनीतिक प्रतिशोध साँधेर आफ्नो विरुद्ध मिडियामा बदनाम गराउन लागिपरेको खतिवडाले बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर निर्माण हुने
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
फागुन ११, २०८१ आइतबार
पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर निर्माण हुने
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
फागुन ११, २०८१ आइतबार
पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर निर्माण हुने
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार