सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार २१:१७:५०
११ मङ्सिर, सप्तरी । सप्तरीमा दुई दिनको अवधिमा विभिन्न ठाउँबाट ३८ जना फरार अभियुक्त र आरोपितलाई पक्राउ गरिएको छ । गत कात्तिक १३ गते एकै दिन २४ जनालाई पक्राउ गर्न सफल सप्तरी प्रहरीले आज विभिन्न मुद्दाका ३८ जना अभियुक्तलाई पक्राउ गरी दुई वर्ष चार महिना २१ दिन कैद र रु ७४ हजार चार सय ५० असुल गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार आज बलात्कार घटनाका अभियुक्त सप्तरीको बोदे बरर्साइन नगरपालिका–६ का हृदयलाल यादवलाई पक्राउ गरिएको छ । अदालतबाट उनलाई छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला भएको जनाइएको छ ।
यसैगरी बोक्सीको आरोप लगाएको आरोपमा दुई महिना १९ दिन कैद सजायपश्चात् फरार रहेका सप्तरीको राजविराज नगरपालिका–९ का प्रदीप नुनिया पक्राउ परेका छन् । सप्तरीको सुरुङगा नगरपालिका–३ का जसीलाल चौधरीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी रु एक हजार असुल गरिएको प्रनाउ बस्नेतले बताए ।
बहुविवाहका फरार अभियुक्त सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अजय यादव र सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१४ का अभिजित मण्डल पनि पक्राउ परेका छन् । अदालतले यादवलाई २८ दिन कैद र रु १० हजार जरिवाना तथा मण्डललाई रु १० हजार जरिवानाको फैसला गरेको थियो ।
बिगो लेनदेन मुद्दामा फरार रहेका सप्तरीको महदेवा गाउँपालिका–२ का मिस्टर यादवलाई पक्राउ गरिएको छ । उनलाई १० महिना कैद सजायको फैसला भएको छ । यस्तै आठ महिना कैद सजायपछि फरार रहेका अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का भगवती भगत पक्राउ परेका छन् ।
चोरी आरोपमा उनलाई अदालतले आठ महिना कैदका साथै रु छ हजार छ सय ७८ जरिवाना गरेको छ । चोरी आरोपमा सप्तरीको मलेठ–७ का झरी सदा र सालको चिरान काठ चोरी आरोपमा सप्तरीको तिलाठी कोइलाडी–३ का वंशी मुखिया पक्राउ परेका छन् । सदालाई रु एक हजार र मुखियालाई रु दुई हजार एक सय ४० जरिवाना भएको छ ।
लागुऔषध मुद्दाका अभियुक्त राजविराज नगरपालिका– ९ का अरुणकुमार सदा पक्राउ परेका छन् । लागुऔषध आरोपमा उनलाई २३ दिन कैद र रु दुई हजार जरिवानाको फैसला भएको थियो । कुटपिट, लुटपाट मुद्दाका १० जना, कुटपिट मुद्दाका नौ जना, लुटपाट मुद्दाका दुई जना, सवारी अङ्गभङ्ग मुद्दाका दुई जना तथा कीर्ते, जालसाजी, गाली–बेइज्जती, चेक अनादर र नाता कायम मुद्दाका एक–एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गरी कैद र जरिवाना असुल गर्ने अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार