नेपाल खेलाडीहरुको देश हो
इन्द्र रिजाल
बैशाख २२, २०७६ आइतबार १६:५४:३८
काठमाडौं । नेपाललाई हिमाल, गौतमबुद्ध, भगवन् पशुपतिनाथ, मुक्तिनाथ तथा विश्वका धेरै देशका मौसम एउटै दशमा भएको राष्ट्र भनेर त चिनिएको छ । तर, पछिल्लो समय नेपाललाई खेलाडीहरुको देशको रुपमा पनि चिनिन थालेको आभास खेलाडिहरुले दिलाएका छन् ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् ।
नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताए । “स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र खेलाडीको ठूलो भूमिका छ”, मन्त्री रावलले भने, “यस क्षेत्रको विकासलाई कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”
वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका अध्यक्ष निलकण्ठ खनालले सभ्य, विकसित र स्वस्थ समाज निर्माणमा खेल क्षेत्रले सहयोग गर्ने बताए । “समाजमा कुलतमा फसेका युवालाई खेलका माध्यमबाट असल नागरिक बनाउँछौँ”, अध्यक्ष खनालले भने, “यसका लागि आगामी दिनमा स्थानीय सरकारले पनि यी यस्तै अतिरिक्त क्षेत्रमा बजेट विनियोजन गर्छ ।”
नमूना युवा क्लब सञ्चालक समितिका सदस्य गङ्गाराम तिमिल्सिनाले राष्ट्रको गौरव बढाउन, व्यक्तिको शारीरिक र मानसिक रूपमा स्वस्थ बनाएर समुन्न समाज निर्माण गर्ने उद्देश्यले ब्याटमिन्टन खेलको आयोजना गरिएको बताए। उनका अनुसार खेलमा ३७ टोलीको सहभागिता रहेको छ । पहिलोपटक सञ्चालन गरिएको यस खेलको राशि रु दुई लाखको रहेको आयोजकले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
संसद भवन अगाडि नेविसंघकाे प्रदर्शन, एक दर्जन प्रदर्शनकारी पक्राउ
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार