गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ९:११:१५
१२ मङ्सिर, काठमाडौं । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ । पन्चवर्षिय गढीमाई मेला भव्य र सभ्य बनाउनुको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरूले काम गरिरहेको छ । गढीमाई मेलालाई भव्य र सभ्य बनाउनुको लागि मास्टर प्लान बनाइएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले सञ्चारकर्मीलाइ बताए ।
नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन, खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसारनै त्यस्ता साधनहरु र पसलहरूलाई व्यवस्थापन गरिने बताए । अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड दैनिक बढ्दो क्रममा रहेको छ। दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकाले मेलामा व्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरि समिति र उपसमिति काम गरिरहेको मेला मुल समितिले जनाएको छ।
विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन प्रयाेजनको लागि पसल राखेको छफ त्यस बाहेक अन्य समाग्री बिक्री बितरण गर्न नपाउने गरी अनुगमन उपसमिती काम गरिरहेको अनुगम उपसमितिका संयोजक दिपकप्रकाश गुप्ताले बताए । पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति कार्वाही गर्न त्यार रहेको समेत उनले बताए ।
विश्व प्रसिद्ध पन्चबर्षिय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालल नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बताउनु भयो। उनका अनुसार मेलामा २४ औं घन्टा चिकित्सक ,नर्श लगाएतको टोलिले शिविरमा सेवा प्रदान गर्ने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार