सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १०:५६:४४
१२ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा कोषले सातौं वार्षिक उत्सव मनाउने क्रममा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाख ९७ हजार श्रमिक कोषमा आबद्ध भएको जानकारी दिएको छ । कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई यसमा आबद्ध गराउँदै आएको छ । कोषले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ९९ अर्ब १८ करोड रुपैयाँ संकलन गरी ८३ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमै लगानी गरेको छ ।
कोषका कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार आन्तरिक श्रम बजारमा रहेका १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार ३ सय ८८ श्रमिकलाई आबद्ध गराएको हो । त्यस्तै वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिक पनि यसमा आबद्ध छन् ।
कोषले सञ्चालन गरेका औषधोपचार तथा मातृत्व योजनामा ३ लाख ७४ हजार १ सय वटा दाबीबापत १ अर्ब ४८ करोड १९ लाख ८ हजार, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा ७ हजार १ सय १७ वटा दाबीबापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ५ सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ९ अर्ब ८० करोड गरी ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको छ ।
कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ । सम्भावित जोखिमको कारण सामाजिक सुरक्षा कोषले लगानीलाई विविधीकरण गर्न भने सकेको छैन । असोज मसान्तसम्म कोषले ८३ अर्ब ९३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमै लगानी गरेको छ । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ ले विभिन्न १२ क्षेत्रमा कोषको लगानी विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंकको ब्याजदर एकल अंकमा झरेर प्रतिफल खुम्चिँदा पनि कोषले कुल लगानीको ८४.६२ प्रतिशत रकम निक्षेपमै राखेको छ । योबाहेक कोषले डिबेन्चरमा ३ अर्ब ७१ करोड, ट्रेजरी बिलमा ५ अर्ब ४४ करोड, विकास ऋणपत्रहरुमा १ अर्ब ९८ करोड, योगदानकर्ता सापटीतर्फ ३ अर्ब ६८ करोड र म्युचुअल फन्डमा ४१ करोड रुपैयाँ लगानी गरेको छ । लगानी विविधीकरण गर्दै प्रतिफल बढाउने योजनासहित कार्यविधि ल्याइए पनि ८४ प्रतिशत रकम अन्य क्षेत्रमा कोषले विविधीकरण गर्न सकेको छैन ।
योबाहेक कोषले उपदान, सामाजिक सुरक्षा कर, लगानीबापतको प्रतिफललगायतका अन्य शीर्षकबाट प्राप्त ३० अर्ब रकमसहित कुल ९९ अर्ब १८ करोड रकम कोषले ८ क्षेत्रमा लगानी गरेको छ । कोषमा योगदानकर्ताले ४ शीर्षकमा योगदान गर्न सक्छन् । जसमा औपचारिक क्षेत्रतर्फबाट कोषले ५९ अर्ब ७४ करोड रुपैयाँ संकलन गरेको छ भने वैदेशिक रोजगारतर्फ २ खर्ब ५७ करोड, अनौपचारिक तर्फबाट ३२ लाख र स्वरोजगार तर्फबाट २५ लाख रुपैयाँ योगदानबापतको रकम संकलन गरेको हो। योबाहेक लगानीबापतको प्रतिफलबाट कोषले असोज मसान्तसम्म ४ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको छ ।
कोषले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्तालाई दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी शीर्षकमा १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी दिएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी शीर्षकमा १५ करोड, आश्रित परिवार सुरक्षा दाबी रकम शीर्षकमा १८ करोड रुपैयाँ भुक्तानी दिएको छ ।
हालसम्म कोषले सबैभन्दा धेरै दाबी भुक्तानी उपदान शीर्षकमा गरेको जनाएको छ । असोज मसान्तसम्म ९ अर्ब ८० करोड रुपैयाँ योगदानकर्तालाई भुक्तान गरिएको कोषको भनाइ छ । असोज मसान्तसम्म कोषले कुल योगदानबापत प्राप्त गरेको रकमको १६.२७ प्रतिशत रकम विभिन्न शीर्षकमा रहेका योगदानकर्तालाई दाबी भुक्तानी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार