सेनाध्यक्ष उपेन्द्र द्विवेदी फर्किए लगत्तै प्रधानसेनापति अशोक सिग्देले किन जाँदैछन् भारत ?
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ११:४५:१३
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल चार महिना पुग्दा पनि भारतबाट भ्रमणका लागि औपचारिक निम्तो प्राप्त भएको छैन । भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री ओलीको चाँडै नै भारत भ्रमण हुने आश्वासन दिइरहेकाे भएपनि यसको समय कुन बेला हो भनेर स्पष्टसँग भन्ने अवस्था छैन । त्यही बेला प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण मंसिर १७ गतेदेखि हुँदै गर्दा प्रधानसेनापति अशोकराज सिग्देलको पनि मंसिरभित्रै भारत भ्रमण हुने स्रोतले जनाएको छ ।
भारतीय उच्च सुरक्षा अधिकारीहरूले नेपाल भ्रमण गरेर फर्केपछि प्रधानसेनापति सिग्देलको भारत भ्रमण हुन लागेको हो । नेपाली सेनाले यसलाई गोप्य राखेको छ । सैनिक स्रोतका अनुसार परराष्ट्र मन्त्रालय मार्फत भ्रमणका लागि निम्ता पठाइसकेको छ । त्यसैअनुसार सैनिक मुख्यालयले पनि तयारी गरिरहेको छ । ‘प्रधानसेनापतिको भारत भ्रमणको तयारी भइरहेको छ’, यो एउटा औपचारिक भ्रमण मात्रै हो’, सैनिक स्रोतले भन्यो ।
स्रोतका अनुसार मंसिरको अन्तिम हप्तामा प्रधानसेनापति सिग्देलकाे भारत भ्रमण हुनेछ । मंसिर ५ मा नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली सेनाका प्रधानसेनापति सिग्देललाई भारत भ्रमणको निम्तो दिएका थिए । एक अर्काको देशमा मानार्थ जनरलको पदवी दिने परम्परा अनुरूप सिग्देललाई भारतको औपचारिक भ्रमणको निम्तो दिइएको हो । भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम राखेको हुनसक्ने बताइएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ । त्यसयता दुवै देशका प्रधानसेनापतिलाई मानार्थ दिने परम्परा रहँदै आएको छ । मानार्थ महारथीको दर्ज्यानी चिह्न दिने परम्पराको सुरुवात सन् १९५० देखि भएको हो । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ जनरलको सम्मान लिएका थिए ।
त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, तपीश्वर नारायण रैना, ओम प्रकाश मलहोत्रा, के वी कृष्ण राव, अरुण श्रीधर वैद्य, सुनीत फ्रांसिस रोड्रिग्स र शंकर राय चौधरीले यो सम्मान पाएका छन् । त्यस्तै, वेद प्रकाश मलिक, सुन्दरराजन पद्मनाभन, निर्मल चन्द्र विज, दीपक कपूर, विजय कुमार सिंह, बिक्रम सिंह, दलबीर सिंह सुहाग, वीपिन रावत, मनोज मुकुन्द नरवाणे, मनोज पाँडे र द्विवेदी गरी २० जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् । नेपालबाट २०४५ सालमा सच्चितशमशेर राणाले भने लिन अस्वीकार गरेका थिए । वाणिज्य सन्धि नवीकरण नगरेको भन्दै उनले त्यतिबेला मानार्थ लिन अस्वीकार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार