विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ११:१४:४२
१२ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन् । सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो ।
धेरैले सोनाक्षी र जहीरको विवाहको विरोध गरे किनभने उनीहरू फरक धर्मका थिए तर उनीहरू दुवैमा त्यसको कुनै असर भने परेन । सोनाक्षी विवाहपछि निकै खुसी छिन् र हालै उनी पति जहीर र पिता शत्रुघ्न सिन्हासँग ‘द ग्रेट इन्डियन कमेडी’ शोमा देखिएकी थिइन् ।
सोनाक्षीसँगै उनका बुबा शत्रुघ्न र आमा पुनम सिन्हा पनि कपिलको शोमा सहभागी भएकी थिइन् । साथै श्रीमान् जहीर इकबाल पनि यस शोको हिस्सा बनेका छन् । सम्पूर्ण परिवारको उपस्थितिका कारण कार्यक्रममा निकै रमाइलो र उत्साह थियो । यसै क्रममा दबंग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हाले पनि एउटा रोचक खुलासा गरेकी छिन् ।
सोनाक्षीले आफ्ना बुवा शत्रुघ्न सिन्हालाई तपाई आफ्नो ज्वाइँलाई राम्ररी नचिनेको बताइन् । उनी भन्छिन्, ‘यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र हो ।’
यसको जवाफमा जहीर मुस्कुराउँदै भन्छन्, ‘यो झूट हो । नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै भन्छन्, ‘त्यसो भए छोरी सहि ठाउँमा गइन् ।' यसपछि सिन्हा परिवारका सबैजना कपिल शर्मासँगै हाँस्न थाल्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार