मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १३:३८:१६
१२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो चौमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । शेयरबजार र घरजग्गा कारोबारलाई लक्षित गरी मौद्रिक नीतिको समीक्षा भइरहेको राष्ट्र बैंक उच्च कर्मचारी स्रोतले जानकारी दिएको छ । बैंकहरुमा अधिक तरलता रहेको र कर्जा लगानी हुन नसकेको विषयलाई पनि ध्यान दिइएको छ ।
मौद्रिक नीतिलाई अझ खुकुलो बनाउन केही प्रावधानहरु परिवर्तन हुनसक्ने बताइएको छ । अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीतिको समीक्षामार्फत अर्थतन्त्रलाई चलायमान बनाउन केही सुधार आवश्यक भएको राष्ट्र बैँकलाई सुझाव दिएका छन् । बैंकको ब्याज लगातार घटेर आउनु तर, लगानी बढ्न नसकेको कुरामा मौद्रिक नीतिले विशेष चासो दिने बताइएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले पनि मौद्रिक नीतिको समीक्षामा केही विषय परिवर्तन हुने संकेत दिएका छन् । मौद्रिक नीतिको समीक्षाबाटै घरजग्गा तथा शेयर बजारमा थप प्रभाव पर्ने अनुमान गरिएको छ । अधिक कर्जा प्रवाहलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले घर जग्गा तथा शेयर बजारमा जाने ऋणको जोखिमभारबारे विचार गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार