एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १४:२६:२२
१२ मंसिर, काठमाडौं । वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरण सभा गरेको फोहोर एमालेले नभई आफूले संकलन गरेको दाबी गरेको छ । एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट मेनेजमेन्टले त्यसको खण्डन गर्दै फोहोर व्यवस्थापन आफूले गरेको बताएको छ ।
नेकपा एमालेले दरबारमार्गमा ७ मंसिरमा आयोजना गरेको जागरण सभाको भोलिपल्ट बिहान सफा गर्दा २ ट्रक फोहोर संकलन भएको क्लिन काठमाडौं वेस्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । महानगरले ८ मंसिर बिहान वडा नम्बर १ दरबारमार्गको सरसफाइ, फोहरमैला संकलन र दुवानी कार्य सम्बन्धबारे क्लिन काठमाडौंलाई प्रश्न सोधेको थियो । क्लिन काठमाडौंले महानगरपालिकालाई लेखेको पत्र अनुसार ६.७५ टन क्षमताका ट्रिपर प्रयोग गरी २ ट्रक फोहोर संकलन गरेर बन्चरेडाँडा ल्यान्डफिल साइट लगिएको जनाएको छ ।
पानीका बोतल, एमालेका झण्डा, बदामका बोक्रा, चटपटे पोको पार्न प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, पूर्वराजा महेन्द्रको सालिकमा ८८४८ ब्राण्डका रक्सीका बोतल र बियरका क्यान आफूले संकलन गरेको वेस्ट मेनेजमेन्टले बताएको छ । दरबारमार्ग क्षेत्रबाट ६.७५ टन क्षमताका दुई ट्रक फोहोर संकलन गरिएको उसको दावी छ ।
एमालेले भने आफूले फोहोर संकलन गरेको दाबी गर्दै महानगरको जरिबाना पत्र बुझ्न अस्वीकार गरिरहेको छ । महानगरले एमाले केन्द्रीय कार्यालयलमा गएर पत्र बुझाउन खोज्दा केन्द्रीय कार्यालयले आफूहरू कार्यक्रमको आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । क्लिन काठमाडौंले दरबारमार्ग क्षेत्रबाट रक्सीका बोतल, पार्टीका झन्डा, प्लास्टिक, बदामका खोस्टा समेत संकलन गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार
पालिकाको आयोजनामा बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु
पुष १७, २०८१ बुधबार
पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
पुष १७, २०८१ बुधबार
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार