चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १५:२१:११
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चीन भ्रमणमा जान लागेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन ऋण नभई अनुदानमा जोड दिन सुझाव दिएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताको बैठकले चीन सरकारको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा अनुदान मात्र लिन सुझाव दिएको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले चीनसँग मात्र नभएर कुनै पनि देशबाट ऋण लिन नहुने निष्कर्ष निकालिएको बताए । महतका अनुसार कांग्रेसले कुनै पनि अवस्थामा बीआरआई ऋणमा लिन नसक्ने बैठकको निर्णय भएको बताए । चीनसँगका विगतकै योजना कार्यान्वयनमा नगएका उदाहरण धेरै भएको भन्दै कांग्रेसले तत्काल बीआरआई ऋणमा लिएर राज्यलाई भार थोपर्न नसक्ने निष्कर्ष निकालेको उनले बताए ।
अनुदानमा लिन्छौँ ऋण उपयुक्त छैन भन्ने कांग्रेसको स्पष्ट भनाई हो । प्रधानमन्त्रीलाई पनि अहिले बीआरआईमा ऋण नभएर अनुदानमा जोड दिन सुझाव दिएको बताए । प्रवक्ता महतले बीआरआईमा के–के आधारमा सम्झौता गर्ने भनेर सरकारलाई सुझाव दिइएको जानकारी दिए । पहिले एमओयु भएको छ‚ अहिले डिटेल गर्नुपरेन । अनुदान टेक्निकल सपोर्ट र ग्राण्ड फाइनान्सिङको आधारमा विभिन्न प्रोजेक्टहरू सुरूङमार्ग‚ नाका जोड्ने सडकका कुराहरू भए ती कनेक्टिभिटी आयोजनालाई बीआरआई अन्तर्गत ग्राण्ड फाइनान्सिङमा कार्यान्वयन गर्न सकिने उनले बताए ।
कांग्रेसले दिएको सुझाव मात्र हो फाइनल गर्ने सरकारले हो । ऋण हुँदैन भनेका छौँ, उनले भने । बीआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो । सन् २०१७ मे १२ मा नेपाल र चीनबिच बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर भएको थियो । कांग्रेस सरकारमा रहँदा त्यसबखत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
तत्कालीन सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहित उपसभापति पूर्णबहादुर खड्का‚ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री आरजू राणा देउवा, गृहमन्त्री रमेश लेखकलगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार